राष्ट्रपतिको बौद्धिक अगुवाहरूसँग छलफलः सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह
काठमाडौं, १ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरूसँग छलफल गरेका छन् । राष्ट्रपति पौडलले बेद्धिजिवीहरु समक्ष सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन समेत आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बौद्धिक समुदायका ११ जना अगुवाहरूलाई शनिबार छलफलका लागि बोलाएर उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् । भदौ २३ र २४ गतेको युवा पुस्ता जेनजी आन्दोलनपश्चात देशको राजीनिक सामाजीक र आर्थीक अवस्था भयाभह भएकाले निर्वाचनको विकल्प नभएको भन्दै राष्ट्रपति पौडलले यस्तो आग्रह र चिन्ता गरेको छलफलमा सभागहिरुले बतएका छन् ।
छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गरेका छन् ।
‘सरकार र दलहरूलाई खबरदारी गरिदिनप¥यो भन्ने राष्ट्रपतिज्यूको आग्रह थियो । दलहरूलाई चुनावमा जानका लागि भूमिका निर्वाह गरिदिनुस् भन्नुभयो,’ छलफलमा सहभागी राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले भने, ‘सरकारलाई निर्वाचन गर्न, जनता र जेनजी पुस्ताको भावनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गर्नुस् भन्ने कुरा गर्नुभयो ।’
शनिबार बिहान ९ देखि साढे १० बजेसम्म चलेको छलफलमा राष्ट्रपति पौडेलमा निर्धारित समयभित्रै प्रतिनिधि सभाको निर्वाचन नभए थप संवैधानिक र राजनीतिक संकट आउने चिन्ता देखिएको उनले बताए ।
‘राष्ट्रपतिज्यूमा फागनु २१ मा नै चुनाव गर्नुपर्यो अर्को उपाय छैन । नभए थप संवैधानिक र राजनीतिक संकट सिर्जना गर्न सक्छ भन्ने चिन्ता पयौँ,’ वाग्लेले भने ।
छलफलमा सहभागीहरू सबैले आ(आफ्नो धारणा राखेका थिए । संकटको घडिमा राष्ट्रपतिबाट निर्वाह भएको भूमिकाको सह्राना गर्दै आगामी दिनमा पनि संविधानको दायरामा रहेर थप प्रभावकारी भूमिका निर्वाहका लागि आफूहरूले अपेक्षा गरेको बौद्धिक समुदायका अगुवाहरूको भनाइ थियो ।
राष्ट्रपति पौडेलले बोलाएको छलफलमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनीतिक शास्त्रीहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेल रहेका छन्।















प्रतिक्रिया दिनुहोस्