एमालेको ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णयसहित सकियो केन्द्रीय कमिटीको बैठक

काठमाडौं, ३१ असोज । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि आज शुक्रबारसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म कास्कीको पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन हलबाट पारित भएको छ । तर, प्रतिवेदन पारित गर्ने क्रममा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर अगाडि जानुपर्ने प्रस्ताव राखेका थिए ।

उक्त प्रस्तावमाथि असहमति जनाउँदै नृर्त शाक्य र नेता ज्ञवालीले फागुन २१ गतेको चुनावमा केन्द्रित भएर पार्टी अगाडि बढ्नुपर्ने धारणा राखे । यसलाई पनि समेट्ने प्रयत्न गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै राजधानीको जावलाखेलमा बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्