सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशले जनमत पार्टी विभाजनबाट बच्यो

काठमाडौं, ३१ असोज । सर्वोच्च अदालतले डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

आयोगले यही असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा. राउतले सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट दायर गरेका थिए ।

विपक्षीका नाममा लिखित जवाफ पनि माग भएको छ भने आगामी कात्तिक १७ गतेका लागि छलफलको मिति पनि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्