जेन‍-जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी भएको नेपाली सेनाको भनाई

काठमाडौं,३१ असोज । नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन‍-जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ ।

सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।

सो आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाको भनाइ छ ।

जेन‍-जी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरकिो गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्