युनिलिभर नेपालले बोलायो कात्तिक २५ गते वार्षिक साधारणसभा
काठमाडौं,३१ असोज । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ३२औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साधारणसभा कात्तिक २५ गते मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो ४:३० बजेदेखि शुरु हुने भएको हो ।
साधारण सभाका मुख्य एजेन्डाहरूमा सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै लेखापरीक्षक नियुक्त गर्ने र सामाजिक तथा सामुदायिक परियोजनाहरूमा गरिने आर्थिक योगदानलाई अनुमोदन गर्ने रहेका छन्।
त्यसैगरी, साधारण सभाले संस्थापक सेयरधनीको नाम सिबक्रिम होल्डिङ्स प्राइभेट लिमिटेडबाट आईजे ग्रुप होल्डिङ्स प्राइभेट लिमिटेडमा परिवर्तन भएकोले सोही अनुसार नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्