कांग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने
काठमाडौं,३० असोज । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ ।
बैठक भोलि असोज ३१ गते सुक्रबार बिहान ११ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा जानकारी गराएका थिए ।
विशेष महाधिवेशनको माग गर्नेहरूको जोड नियमित महाधिवेशन गर्ने रहेकाले बैठकका क्रममा नियमित महाधिवेशनमा समझदारी हुने जानकारी गराएका थिए ।















प्रतिक्रिया दिनुहोस्