बुद्ध एयरका सञ्चालक बस्नेतले खोले पार्टी
काठमाडौं,३० असोज । बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतले पार्टी खोलेका छन्।
बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका हुन्। बिहाबार निर्वाचन आयोगले उक्त पार्टी दर्ता गरेको हो ।
नयाँ दर्ता भएको यस पार्टीको अध्यक्षमा दिनेश प्रसाइँ रहेका छन् । बस्नेत सदस्य हुन, पार्टीको महासचिव पियुस कायस्थ महासचिव रहेका छन्।
पार्टीको आह्वानपत्रमा पार्टी पदाधिकारी चुनाव लड्न नपाउने भनिएको छ । त्यसकारण पनि बस्नेतलाई सदस्य मात्रै राखिएको उनी निकट स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले बिहीबार नै उक्त पार्टीलाई चुनाव चिह्न “दीपज्योति” प्रदान गरेको छ ।















प्रतिक्रिया दिनुहोस्