मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं,३० असोज । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको हो ।
असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।















प्रतिक्रिया दिनुहोस्