आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौं, ३० असोज । फागुन २१ को निर्वाचनलाई लिएर आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय रूपमा भाग लिन आह्वान गर्दै राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो । यस अघि नै सरकारसम्ग आयोगले छलफल गरेका् थियो ।

छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई आयोगको कार्यालयमा बोलाइएको छ ।

तर नेकपा एमालेसहितका नेपाली कांग्रेसले संसद्को पुनः स्थापना गर्नुपर्ने माग गरेका छन् । नेकपा एमालेले सचिवालय बैठकबाटै निर्णय गरिसकेको छ भने कांग्रेस केन्द्रीय समितिबाट पार्टीको धारणा स्पष्ट गर्नेछ ।

कांग्रेस सरकारले वातावरण बनाएको खण्डमा निर्वाचनमा सहभागी हुने बताइरहँदा एमाले पनि संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापनाका लागि अदालत जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्