विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौं, ३० असोज । सरकारले विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले आज एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ । यसले काम कारवाहीलाई निरन्तर्ता दिने भएको छ ।















प्रतिक्रिया दिनुहोस्