राजा, जेनजी र दलहरूबीच नयाँ समझदारी हुनुपर्छः राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं, २९ आश्विन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र, राजनीतिक दलहरू र जेनजीबीच नयाँ समझदारी हुनुपर्ने प्रस्ताव गरेका छन् । आज पार्टीको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र प्रणालीबाट समस्या समाधान नहुने बताए ।

यो संसदले निकास दिन सकेन र विघटन गर्नुपर्छ भनेर राप्रपाले पहिल्यै निस्कर्ष निकालेको उनले स्मरण गरे । अब संसद पुनःस्थापनाको औचित्य नरहेको लिङदेनको भनाइ छ ।

उनले थपे, ‘यही संविधान र यही निर्वाचन प्रणालीले देशमा दीर्घकालीन निकास दिँदन । तर, पनि निर्वाचन भइहाल्यो भने राप्रपा यसबाट भाग्दैन । हाम्रो भनाइ के छ भने, देशभित्रको द्वन्द्व समाधान गर्न सबै राजनीतिक शक्तिहरु जसमा अहिलेका राजनीतिक दलहरु, अहिलेको आन्दोलनको पक्ष जेनजी र परम्परागत शक्तिको प्रतिनिधि राजाबीच कसैले नहार्ने र देशले जित्ने नविन समझदारी हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्