राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो

काठमाडौँ,२९ आश्विन । भारतको राजस्थानको जैसलमेरदेखि जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ ।

घटनापछि सूचना पाएपछि मुख्यमन्त्री भजनलाल शर्माका साथै घटनास्थल पुगेका विधायक प्रताप पूरीले सञ्चारमाध्यमसँग कुरा गर्दै बसबाट मृतक सबैको शब निकालिएको बताएका छन् ।

यस दुखद् परेका पिडितहरु लाई प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ राहत र घाइतेको उपचारका लागि ५० हजार उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर गइरहेको निजी एसी बसमा ठूलो आवाजपछि अचानक आगो लागेको थियो । यी सबैलाई प्राथममिक उपचारपछि जैसलमेरबाट जोधपुर रेफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्