बझाङमा मध्यराति ४.९ म्याग्निच्युडको भूकम्प धक्का
काठमाडौं, २९ असोज। बझाङमा मध्यराति भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ । मध्यरातमा भूकम्प जाँदा स्थानीयबासीहरु त्रसित भएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।
भूकम्पबट के कती क्षती भए त्यो भने आएको छैन । स्थानीय प्रहरीले भूकम्पका कारण क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ । सोधपुछ तथा सूचना आएको छैन ।















प्रतिक्रिया दिनुहोस्