महराको बयान सकियो, थुनछेक बहस भोलि

काठमाडौं, २८ असोज । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा आज उनको बयान लिने काम सकिएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, महराविरुद्धको रिट निवेदनमा भोलि थुनछेक बहस हुनेछ ।

अभियोजनमा उल्लेख भएको बयान अनुसार, उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् ।

चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्