समृद्धि र पोखरा फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति
काठमाडौं,२८ असोज । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीचको मर्जरलाई सैद्धान्तिक सहमति दिएको छ ।
केन्द्रीय बैंकले असोज २७ गते पत्र पठाउँदै मर्जर प्रयोजनका लागि कार्यसम्पादन गर्न दुवै फाइनान्सलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो । दुवै कम्पनीबीच गत साउन ४ गते आपसमा मर्जर हुने सम्झौता भएको थियो ।
मर्जरपछि कम्पनीको चुक्ता पुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीको रहेको छ । समृद्धि फाइनान्सको २३ औँ र पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभाले दुवै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।
प्रारम्भिक सझदारीअनुसार मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर स्वामित्व बराबर अर्थात १ः१ अनुपात कायम गरिएको छ । यदि डीडीए प्रतिवेदनमा १० प्रतिशतभन्दा फरक भएमा प्राप्त निवेदनउपर संयुक्त मर्जर समितिमा विस्तृत रुपमा छलफल गरी दुवै संस्थाको शेयर स्वाप रेसियो कायम गरिने सहमति भएको छ ।















प्रतिक्रिया दिनुहोस्