चाँदीको सिक्का बेच्दै राष्ट्र बैंक
काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का)को मूल्य र परिमाण तोकेको छ ।
केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ ।
सिक्का खरिद गर्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ ।















प्रतिक्रिया दिनुहोस्