गरिमा विकास बैंकको लाभांश घोषणा
काठमाडौं,२८ असोज । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित रहेको छ ।
बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ ।















प्रतिक्रिया दिनुहोस्