सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि अनुसन्धान

काठमाडौं, २७ असोज। सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ ।

पूर्वउपराष्ट्रपति पुनका छोरा अखिल क्रान्तिकारीका पूर्वमहासचिव दिपेश पुन यसअघि पनि अनुसन्धानमा परेका थिए । सिआइबीले पुनका जेठा छोरा जितेन्द्र र उपराष्ट्रपति हुँदाका सल्लाहकार जीवन गुरुङमाथि पनि अनुसन्धान अघि बढाएको पुष्टि गरेको छ ।

महराका जेठा छोरा जितेन्द्रले चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको प्रमाण २ वर्षअघि नै सार्वजनिक भएको थियो । तस्करीको सुन भित्र्याउन उनले शक्तिको दुरुपयोग गरेको आरोप थियो ।

रोल्पा घर भए पनि जितेन्द्रले सुन तस्करीका लागि सहज ओहोरदोहोर गर्न हुम्लाको प्रमाणपत्र गृह मन्त्रालयबाट बनाएका थियो । सो प्रमाणपत्र भएपछि भिसा आवश्यक पर्दैन ।

सुनको भुक्तानी नदिएपछि चिनियाँले तत्कालीन उपराष्ट्रपति पुनसँगै कुराकानी गरेपछि यो कुरा बाहिर आएको थियो । जितेन्द्र हाल नेपालमा छैनन् । उनी अमेरिकामा रहेको बताइएको छ ।

पुन उपराष्ट्रपति छँदाका सल्लाहकार जीवनकुमार गुरुङ त्रिभुवन विमानस्थलमा १९ मंसिर २०८० मा बरामद १४ केजी सुन प्रकरणमा मुछिएर पक्राउ परे पनि धरौटीमा छुटेका थिए ।

संगठित अपराध निवारण ऐन, २०७० मा ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहका तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने’ भनिएको छ ।

साृेही बमोजिम कृष्णवहादुर महरालाई जस्तै पुनमाथि पनि संगठित अपराध र आपराधिक लाभको मुद्दामा अनुसन्धान हुने बताइएको छ । सार्वजनिक लाभको पद भएकाले अख्तियारले पनि बेग्लै अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्