एमालेको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय
काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले प्रतिनिधिसभा पुनस्थापन हुनुपर्ने माग गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । भदौ २३ र २४ गते भएको युवा पुस्ता जेनजी आन्दोलनपश्चात नेपाली काँग्रेस र एमाले, माओवादी केन्द्रलगायत दलमा नेतृत्व हस्तान्तरणको कुरा निकै गम्भिरता पूर्वक उठेको छ ।
उनले सरकार मुठभेडको बाटातर्फ अघि बढिरहेको बताए । सबैलाई एकताबद्ध भएर अघि बढ्न समेत आग्रह गरिएको ज्ञवालीले बताए ।















प्रतिक्रिया दिनुहोस्