भदौ २३ र २४ को आन्दोलनका क्रममा क्षतिको विवरण पठाउन जाँचबुझ आयोगको आग्रह

काठमाडौं, २६ असोज । गत भदौ २३ र २४ को जेनजी आन्दोनमा घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनका क्रममा राजनीतिक,संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन आग्रह गरेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।

आयोगले क्षतिको विवरण पठाउने ढाँचा समेत सार्वजनिक गर्दै घटनालाई पुष्टि गर्ने प्रमाणहरू जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरू भए सो समेत उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्