राष्ट्रपति अस्पतालबाट भए डिस्चार्ज 

काठमाडौँ,२६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

जेन-जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेल शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।

अस्पतालले उहाँको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएको अस्पताल स्रोतले बतायो छ । उहाँमा टाउको दुख्ने र वान्ता हुने जस्त समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्