सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,२६ आइतबार । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले भोली असोज २७ गते बुकक्लोज गर्दैछ ।

नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कात्तिक २ गते, आइतबार, आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्