ग्लोबल आइएमई बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं,२६ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बसेको बैंकको सञ्चालक समितिको असोज २५ गते बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्