राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, २५ असोज । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका छन्।

राष्टपति नविास महाराजगंजमा प्रधानमन्त्री शुसिला कार्की सहित जेनजीका प्रतिनिििधबिच छलफल भएको र सो अवसरमा राष्ट्रपति पौडेललाई स्वाथ्यमा समस्या आएकोले महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका हुन् ।
मा सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।

मनमोहन सेन्टरले दिउँसो ३ः ३० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार हाल राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्