डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ जना घाइते
काठमाडौं, २५ असोज । दिनानुदिन दुर्घडना बढ्दै गएको छ । यस्तै डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० टेकबहादुर जोराले दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको बताए ।
उनकाअनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ । दुर्घटनको अनुसन्धान भईरहको छ ।















प्रतिक्रिया दिनुहोस्