एटीएमबाट अब दैनिक ५० हजार रुपैयाँमात्रै झिक्न पाइने

काठमाडौं,२४ असोज । नेपाल राष्ट्र बैंकले डेविट कार्डको प्रयोग गरी एटीएमबाट पैसा निकाल्ने सीमा घटाएको छ ।

राष्ट्र बैंकले भुक्तानी सम्बन्धी एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै डेविट कार्डको प्रयोग गरी एटिएमबाट निकाल्ने पैसाको सीमा दैनिक एक लाखबाट आधा घटाएर ५० हजारमा सीमित गरेको हो ।

त्यस्तै, मासिक ३ लाखसम्म निकाल्न पाउने व्यवस्थालाई पनि घटाएर दुई लाखमा सीमित गरेको छ । प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा भने यथावत् राखेको छ ।

प्रिपेड कार्डमा अहिले दैनिक २० हजार र क्रेडिट कार्डमा स्वीकृत सिमाको १० प्रतिशत रहेको व्यवस्था यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्