धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिमा खत्री
काठमाडौ,२४ असोज । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा आफ्नो प्रतिनिधि फेरेको छ । मन्त्रालयले महेश बराललाई फिर्ता बोलाएर उनको सट्टा मन्त्रालयकै सिनियर सहसचिव उत्तर खत्रीलाई बोर्डको सञ्चालक बनाएको हो ।
पछिल्लो समय रामेश्वर खनाल अर्थमन्त्री भएर आए लगत्तै महेश बराललाई अर्थ मन्त्रालयको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी थिए ।
बरालले बिचौलियालाई सहयोग पुग्ने गरी काम गरेको आरोप लाग्दै आएको छ । धितोपत्र बजारको विकास र विस्तारमा खासै कार्य गर्न नसकेका कारण धितोपत्र बोर्डबाट पनि बराललाई हटाए हो ।
धितोपत्र बोर्ड पूँजी बजारको नियामक संस्था हो । बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधि सञ्चालक समिति सदस्य रहने कानुनी व्यवस्था छ ।















प्रतिक्रिया दिनुहोस्