सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिना कोरिना माचाडोलाई प्रदान गर्ने निर्णय

काठमाडौं, २४ असोज । भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ ।

शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो।

एक्समा गरिएको एक पोस्टमा, नोबेल समितिले ‘भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धनका लागि गरिएको उनको निरन्तर प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि गरिएको संघर्षको कारण प्रदान गरिएको उल्लेख छ ।

नोबेल समितिका अध्यक्षका अनुसार भेनेजुएलाको विपक्षी दलले चुनावी अनुगमनकर्ताको सहयोगमा संकलित मतदान परिणाम सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो । तर शासकले परिणाम अस्वीकार गरेर सत्तामा टाँसिरह्यो । ‘स्थायी शान्तिको लागि लोकतन्त्र पूर्वसर्त हो । तर हामी आज यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ लोकतन्त्र पछि हट्दैछ’ उनले भने ।

उनले चेतावनी दिँदै धेरैजसो अधिनायकवादी शासकहरू सामान्य मान्यताहरूलाई चुनौती दिइरहेका छन् र हिंसाको सहारामा जाने क्रम बढ्दो छ रहेको बताए । भेनेजुएलाको नेतृत्वको आलोचना गर्दै उनले भने,’ यस्तै प्रवृत्ति हामी संसारभर देखिरहेका छौं (जहाँ कानूनी शासनलाई सत्तामा बसेकाहरूले दुरुपयोग गर्छन्, स्वतन्त्र सञ्चारमाध्यमहरूलाई चुप लगाइन्छ, आलोचकहरू जेल हालिन्छन्, र समाजलाई अधिनायकवाद तथा सैन्यकरणतर्फ धकेलिन्छ।’

प्रतिक्रिया दिनुहोस्