एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

काठमाडौं,२४ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा सम्मेलन र जुलुस गर्न रोक लगाएको छ ।

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वर्तमान अवस्थामा जेनजी आन्दोलनपछि देशमा भएको परिवर्तनका शान्ति सुरक्षामा गम्भिर चुनौती रहेका कारण कुनै किसिमको सभा जुलुसलगायत कार्यक्रम गर्न रोक लगाएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्