धादिङको भल्टारमा बस र टिपर ठोक्कियो, ११ घाईते

काठमाडौं,२४ असोज । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।

आज बिहान नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर एकआपसमा ठोकिएका हुन् ।

दुर्घटनामा बसमा सवार ११ यात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । उनीहरु मध्यमदेखि सामान्य घाइते छन् भने गम्भिर घाइते नरहेको दाहालले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्