एभरेष्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं,२४ असोज । सुक्रबार नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा कारोबार भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ ।
बैंकले कात्तिक १२ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्