पहिलो सर्किट ब्रेकपछि सम्हालियो सेयर बजार
काठमाडौं, २३ असोज। पहिलो सर्किट ब्रेकपछि सेयर बजार सम्हालिएको छ ।
कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत अर्थात् १०२ अंक बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट स्थगित भएर खुलेको बजार सम्हालिएको हो । ११ः३० बजेसम्म नेप्से ५० अंक बढेको छ । सो वृद्धिपछि २६०९ अंकमा छ ।
अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा आज सकारात्मक संकेत देखिएको हो ।
११ः३० बजेसम्म १ अर्ब ४० करोडको कारोबार भएको छ ।















प्रतिक्रिया दिनुहोस्