कांग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, २३ असोज। नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्दै छ । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो ।

२६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका हुन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन ९भदौ २४ गते० देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।

आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन । आजको पदाधिकारी बैठकले कस्तो निर्ण गर्छ भन्ने सबैको चासो छ । सभापति देउवालाई नेतृत्व हस्तान्तरणको दवव छ । पार्टीको विशेष महाधिवेशन गर्न पनि दवाव बढेको छ र यसका लागि सस्थापन इतरहरुले हस्ताक्षर संकलन अभियान नै चालाएको छ ।

प्रतिक्रिया दिनुहोस्