शोभा पाठकको उजुरीमा साइबर ब्युरोमा महेश बस्नेतको बयान
काठमाडौं,२२ असोज । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् ।
बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले बतायो ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । राजनीतिक दवावमा लामो समयसम्म पनि अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
कार्यालयको सो निर्देशन पछि ब्युरोले बस्नेतलाई बोलाएको थियो । त्यसैले उनी बयानका लागि बुधबार बिहान ब्युरो पुगेका हुन् । उनको बयानको काम भइरहेको ब्युरो स्रोतले जनायो ।















प्रतिक्रिया दिनुहोस्