भिक्षु निग्रोध (सिद्धार्थ महर्जन) लाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन माग

काठमाडौं,२१ असोज । लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष, संस्कृत विज्ञ तथा पर्यटन विज्ञ महास्थवीर भिक्षु निग्रोध (सिद्धार्थ महर्जन)लाई संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवार सुम्पन माग गरिएको छ ।

अखिल नेपाल भिक्षु महासंघ, धर्माेदय सभा, ज्याठा बहाल पाटन गुम्बा, बज्राचार्य संरक्षण गुठी, विश्व शान्ति बौद्ध शिक्षालय, विश्व शान्ति विहारलगायत विभिन्न बौद्ध सम्बन्धित संघ/ संस्थाहरुले संयुक्त रुपमा आज पत्रकार सम्मेलन गरि भिक्षु निग्रोध (सिद्धार्थ महर्जन)लाई हाल रिक्त रहेको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन माग गरेका हुन् ।

भिक्षु निग्रोध जेनजीको माग अनुसार सुशासन र निष्पक्ष छवि भएका विज्ञ राष्ट्रिय तथा अन्तराष्ट्रिय छबि बनाएका व्यक्तिकाधनी, नेपालको धर्म र संस्कृतिलाई राम्ररी बुझेको व्यक्ति हुनुका साथै अन्तर्राष्ट्रिय सम्बन्धमा पनि राम्रो ज्ञान भएको व्यक्ति तथा नेपालको पर्यटन क्षेत्रमा पनि अनुभवी व्यक्ति भएको भन्दै उहाँलाई मन्त्रालको जिम्मेवारी दिंदा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रतिष्ठा उच्च हुने वक्ताहरुले बताएका छन् ।

अखिल नेपाल भिक्षु महासंघका भिक्षु विमलो महास्थविरले लुम्बिनी वकास कोषका पूर्व उपाध्यक्ष समेत रहेका सिद्धार्थ महर्जनलाई जिम्मेवारी दिंदा राईत म्यान राइट प्लेस हुने बताए ।

पर्यटन विज्ञ बिक्रम पाण्डेय काजीले यस्ता सिद्धार्थ महर्जनले मन्त्रालय सम्हाल्न पाउने अवसर पाउनृु भएको खण्डमा देशको धर्म, संस्कृति, सम्पदा, पर्यटन एवं नागरिक उड्डयन क्षेत्रमा विकास गर्नका निमित्त महत्वपूर्ण योगदान गर्नु बताए । उनले देशको धर्म, संस्कृति, सम्पदा एवं अन्तर्राष्ट्रिय सम्बन्धको साथसाथै पर्यटन क्षेत्र पनि बुझेको व्यक्ति यो मन्त्रालयमा मन्त्री भएर आओस् भनि हाम्रो पनि चाहना भएको बताए ।

धर्माेदय सभाका महासचिव सागरमान बज्राचार्यले हामीसँग आवद्ध सम्पूर्ण संघ/संस्थाहरु तथा नेपाली जनताहरुको तर्फबाट पनि लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष एवं बौद्ध विद्धान पनि हुनु भएकोले वहाँप्रति हाम्रो पूर्ण विश्वास र समर्थन रहेका बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्