भगवति हाइड्रोपावरको शेयरमूल्य समायोजन
काठमाडौं,२० असोज । सोमबार, नेपाल स्टक एक्सचेञ्जमा भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्दैछ ।
नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ८२५ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेप्से दशैँ अघिको अन्तिम कारोबार मूल्यको आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । दशैँ अघि कम्पनीको शेयर प्रतिकित्ता ९४० रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।
यहि समायोजित मूल्यलाई आधार मानेर भोली कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीले कात्तिक २ गते, आइतबार, आव्या क्लब, घारीपाटन, पोखरामा २५ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिको गठन र संख्या परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्