काठमाडौंमा मधुरो घाम, जनजीवन सामान्य बन्दै
काठमाडौं, १९ असोज । दुइ दिनसम्मको अविरल वार्षका काराण अस्तव्यस्त भएको काठमाडौं उपत्यकाका अवस्था पानी पर्न रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ । अहिले बिहान काठमाडौंमा मधुरो घाम लागिरहेको छ । काठमाडौंको वर्षाका ठूलो समस्याबाट टरेको छ । मानिसहरुमा निरासा हटेको छ । पसल तथा व्यवसाय गर्न तर्फ लागेका छन् ।
हिजो वर्षा र बाढीका कारण विस्थापित भएकाहरु पनि आ–आफ्नो घरमा फर्किन थालेका छन् । डुबानमा परेका घर, पसलहरु सफा गर्दैछन् ।
हिजो बागमती नदीको सतह बढ्दा सुकुम्बासी बस्तीतिरका बासिन्दा विस्थापित भएका थिए । बल्खु, कुलेश्वर लगायत क्षेत्रका तरकारी बजारबाट पनि सामान सारिएको थियो ।
कुलेश्वरको डुबान क्षेत्रमा रातभर डुंगा चलाएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षाकर्मीहरु अहिले पनि उद्धार र सरसफाइमा जुटेका छन् ।
मौसमविदहरुले अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । पानी पार्ने प्रणाली कोशी प्रदेशतिर सरेको छ ।
मौसम खराब हुँदा अवरुद्ध भएको आन्तरिक हवाई उडान सेवा आजबाट सुरु हुँदै छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकादेखि नै जारी छ । मानवीय र भौतिक क्षती हुनबाट टरेको छ । तर पनि लामो दुरीको याताथातलाई भने सुचारस् गर्न रोक लगाएको छ ।















प्रतिक्रिया दिनुहोस्