सप्तकोशी नदीले खतरा तह पार, उच्च सतर्कता अपनाउनु आग्रह
काठमाडौं, १९ असोज । अविरल वर्षका काराण सुनसरी स्थित सप्तकोशी नदीले खतरा तह पार गरेको छ । बिहान ८ः१० मा चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको हो ।
जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउनु आग्रह गरिएको छ ।
यस क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्