बाढिपसपछि बागमती किनारका स्थानीयहरू बस्ती छाड्न थाले
काठमाडौं, १८ असोज । अविरल वर्षाका कारण काठमाडौंको बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि बागमती किनारका स्थानीयहरू बस्ती छाड्न थालेका छन् । थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरु आफ्ना सामान बोकेर घर छोडी सुरक्षीत स्थानमा स्थान्तरण शुन थालेका हुन ।
गतवर्ष आएको बाढीका कारण पनि निकै क्षति बेहोरेको बताएका उनीहरु यसवर्ष पहिला नै आफूहरुले भाग्ने पूर्वतयारी गरेको बताउँछन् ।
अहिले नभागेकाहरु भने बाढी बस्तीभित्र छिर्नासाथ घर छोड्न सामान पोको पारेर तयारी अवस्थामा रहेको बताए ।
‘कतिपय निस्किरहनुभएको छ । हामीचाहिँ केहीबेर हेर्छौ । भाग्नको लागि सबै तयारी अवस्थामा छौँ । आवश्यक सामान पोको पारेर राखेका छन् ।















प्रतिक्रिया दिनुहोस्