मुग्लिन–नारायणगढ सडक खण्डमा दुईतर्फी सवारी आवागमन बन्द

काठमाडौं, १८ असोज । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा दुईतर्फी सवारी आवागमन बन्द भएको छ ।

उक्त सडकखण्डमा पर्ने तुइन खोलामा ढुंगा खस्ने क्रम नरोकिएसँगै सवारी आवागमन बन्द भएको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।

ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिन भइरहेको कार्यालयले जनाएको छ ।

भारी वर्षा भईरहेको अवस्थामा यस खण्डमा पहिरोको उच्च जोखिम भएकोले अति आवश्यक अवस्था बाहेक जोखिम मोलेर यात्रा नगर्न समेत आग्रह गरिएको छ ।

 

यात्रा गर्नैपर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ ।

सुरक्षाको दृष्टिकोणले सुरक्षा निकायबाट सवारीसाधनहरूलाई होल्ड गरेर राखिएको छ ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।

सरकारले भोलि र पर्सि सार्वजनिक बिदा समेत दिइसकेको छ । मनसुन अझै दुई दिन सक्रिय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्