प्राधिकरणद्वारा कात्तिक १७ गतेभित्र ट्रंक तथा डेडिकेटेड लाइनको महशुल बक्यौता बुझाउन अल्टिमेटम
नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड फिडर लाइनको महशुल बक्यौता आगामी कात्तिक १७ भित्र बुझाउन अल्टिमेटम दिएको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले भुक्तानी रकम बुझाउन बाँकी रहेको बक्यौता कात्तिक १७ गतेभित्र बुझाउन समयसीमा तोकेको हो ।
प्राधिकरणले महशुल बक्यौता बुझाउन उद्योगहरुलाई किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्तालाई बढिमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यदि, तोकिएको अवधिमा महशुल बक्यौता नबुझाए उद्योगको लाइन समेत काटिने प्राधिकरणले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्