सेफ्स एसोसीएसनद्वार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना
काठमाडौं, ११ असोज । सेफ्स एसोसीएसन अफ नेपालले विश्व पर्यटन दिवस तथा बडा दशैंको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
ललितपुरको फर्सीडोलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन दिवस र बडा दशैंको शुभकामना दिंदै पदमा हुँदा र नहुँदा पनि सेफ्स एसोसिएसनलाई सक्दो सहयोग गर्ने बताए । उनले सेफ्स एसोसिएसनले गिदो पर्यटन विकास र सवृद्धिको लागि महत्वपूर्ण भूमिका खेलेको बताए । पूर्वराज्यमन्त्री चौधरीले पालको पर्यटन क्षेत्रमा एसोसिएसनको योगदान र पाककलामा नेपाली खानालाई विश्व सामु चिनाउन गरेको गोगदान महत्वपूर्ण भएको उनको जिकिर छ।
शुभकामना व्यक्त गर्दै सेफ्स एसोसीएसन अफ नेपालका अध्यक्ष रेशमकुमार लामाले पर्यटनको दिगो विकास र आर्थिक उपार्जनका लागि एसोसिएसनले योगदान गर्दै आएको बताउँदै तीन दशकदेखि एसोसिएसन र नेपाली सेफ्सले नेपाली रैथाने परिकारलाई पाककलाको माध्यमबाट विश्वमा चिनाउन अथक प्रयासरत रहेको बताए । उनले विश्व भर छरिएर रहेका पाककलामा सक्रिय सेफ्सहरुले नेपाली खानालाई विशवमा चिनाउन महत्वपूर्ण योगदान गरेको दावी छ । नेपालको पर्याटन क्षेत्रमा पनि सेफ्स एसोसीएसनले गरेको योगदान अतुलनिय भएको उनको भनाई छ ।
कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष पुस्प थापा मगरले संस्था स्थापना गर्न भन्दा पनि संस्थालाई टिकाउन कठिन भएको बताएका थिए ।
पूर्व अध्यक्ष थापाले प्रबिधि र युगलाई पच्छायाउन आग्रह गर्दै नयाँ युगसगै नयाँ कुरा सिक्दै जानु पर्नेमा जोड दिंदेै मन बचन र कर्मले गरेको काम सफल हुने भन्दै पूर्व अध्यक्ष थापाले सफल हुन सभ्य र सकारात्मक सोच राख्न आग्रह गरे ।
एसोसिएसनका पूर्व अध्यक्ष जीत लामा पाख्रिनले शुभकामना दिंदै पहिला हस्पिटालिटी सम्बन्धी सिक्ने स्थानको अभावमा पनि जसो तसो संस्था स्थापना गरेर अहिलेको पुस्ताका लागि सहज बनाइएको बताए । उाले पहिला भान्छे भनेर हेप्ने गरिए पनि अहिले सेफ्सहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै पूर्व अध्यक्ष पाख्रिनले नेपालमा पहिला बङाली सेफ्सको बाहुल्यता रहेपनि अहिले नेपाली सेफ्सको उपस्थिति दरिलो रहेको जानकार िदिए ।
एसोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसीले धेरै मेहनत गरेर संस्था स्थापना गरेकोले संस्थाको अहित हुने काममा कोही लाग्न नहुने भन्दै छरिएर रहेका सेफलाई एकीकृत गनै आग्रह गरे । उनले सेफ्सको रेटिङ आफूले होइन अर्काले गर्नु पर्ने भन्दै पूर्वअध्यक्ष केसीले कसैले केहि भन्नु भन्दा कामले गरेर देखाउन आग्रह गरे ।
पूर्वअध्यक्ष श्रीराम अधिकारीले पर्यटकको आगमनमा कमी आएकोले अब एग्रो टुरिजमलाई ध्यान दिन आग्रह गरे । पूर्व अध्यक्ष अधिकारीले एग्रो टुरिजममा ध्यान दिन सके आयातमा कमी आउने र युवा जनशक्ति पलायन हुने क्रम घटने दावी गरे । उनले एग्रो टुरिजमको माध्यमबाट स्वादेशमै रोजगारी सृजना गर्न सकिने भन्दै सेफले पनि उत्पादनमूलक कामममा लाग्न प्रेरित गरे । नेपालमा उत्पादिन बस्तुलानै प्रवद्र्धगर्दै अगाडि बढ्नेपर्ने बताए ।
शुभकामना ब्यक्त गर्दै ग्रीन नेपाल एग्रो प्रालिका सञ्चालक खामाङ देवानले नेपालका नेपालका होटका लागि आवश्यक पर्ने खानेकुरा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर प्रयोग गरिदिएमा स्वदेशी उत्पादनले बजार पाउनुका साथै रोजगारी सृजना हुने बताए ।
एसोसिएसनकापूर्व अध्यक्ष रत्नबहादुर थापा र फास्ट फुड एसोसिएसनका प्रतिनिधिले पनि शुभकामना ब्यक्त गरेका थिए ।
पानसमा बत्ति बालेर शुभारम्भ गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रमा आवद्ध महानुभावहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
ग्रीन नेपाल एग्रोको प्रायोजनमा कार्यकम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली परिकार प्रयोगलाई जोड दिएको थियो ।
यस्तै आजै सेफ्स एसोसीएसन अफ नेपालका पदाधिकारीहरुले बुंमती स्थित कार्यविनायक मन्दिरमा पूजाआजा समेत गरिएको थियो ।
एसोसिएसनले नेपालमा मनाइने पर्यटनसित जोडएका र नेपालमा मनाइने चाडपर्वको अवसर पारेर यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।
आज ४६औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा पर्यटन र दिगो रुपान्तरण रहेको छ ।















प्रतिक्रिया दिनुहोस्