माओवादी केन्द्रको केन्द्रीय समिति भङ्ग, प्रचण्ड विशेष महाधिवेशन संयोजक
काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति भङ्ग गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा सम्पन्न बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यस्तै वर्तमान पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने, पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘सम्पत्तिको छानबिन पहिला पदाधिकारीबाट सुरु गर्ने, कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने, महाधिवेशन मङ्सिरको अन्त्यमा गर्ने निर्णय भयो’, उनले भने ।
बैठकबाट निस्कदै गर्दा प्रचण्डले आफु अब पार्टी अध्यक्ष नरहेको बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्