मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा
काठमाडौं,१० असोज । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
फाइनान्सले असोज ३१ गते थापागाउँ ब्याङ्केट, नयाँ बानेश्वरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहानदेखि ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले असोज २२ गते बुकक्लोज गर्ने भएको छ । असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्