भ्रष्टीकृत पुराना राजनीतिक दलहरूलाई फेरि टाउको उठाउनै दिनु हुँदैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं,९ आश्विन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गरेका छन् ।

बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अब नयाँ र वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्ने बताए । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवापुस्ताप्रति प्रतिवद्ध हुनुपर्ने पनि बताए । उनले अहिले सरकार राजनीतिक दलहरुसँग ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी पनि दिए । उनले जेनजी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भीर त्रुटी भएको समेत बताए । उनले सुरक्षा निकायले युवाहरुमाथि बल प्रयोग गरेको तथा मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगजनी हुँदा समेत तमासे भएर बसेको आरोप लगाए ।

उनले भने, ‘सरकारलाई म आग्रह गर्न चाहन्छु । तपाईहरुको प्रतिवद्धता बिद्रोही शक्तिसँग हुनुपर्छ । उहाँहरुकै सरसल्लाहमा काम गर्नुपर्छ । कुनैपनि बहानामा पुराना शक्तिहरुसँग ढल्कने काम गर्नुभयो भने तपाईहरुको पनि इतिहासले हिसाव गर्नेछ । हाम्रो सुरक्षा संयन्त्रको पनि गम्भीर कमजोरी देखियो । पहिलो कुरा त बल प्रयोग गरेर युवाहरुको हत्या गर्नु हुँदैनथ्यो । अर्को दिन सिंहदरबारसहित राज्यका अंगहरु जलिरहँदा एउटा दमकल समेत नदौड्नु, सरकारले पालेर राखेको सुरक्षा तमासे भएर बस्यो, त्यो के भइरहेको थियो । त्यसको उहाँहरुले पनि समिक्षा गर्नुपर्दछ । र पूरा भ्रष्टिकृत भइसकेका राजनीतिक दलहरु अब कुनै पनि बहानामा किन्तु परन्तु नगरीकन फरि टाउको उठानउ दिनु हुँदैन । अब नयाँ र वैकल्पिक शक्तिहरु आएर नै देशको नेतृत्व लिनुपर्छ ।’

मुलुकको शासकीय सुधार गर्दै दिगो विकासको बाटोमा लैजान युवाहरु संस्थागत भएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्