देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

काठमाडौं, ९ असोज । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् ।

आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका/एकुवामा सडक अवरुद्ध भएको छ ।

बाढीले रसुवाको गोसाइकुन्ड गाउँपालिका(२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका(५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ(मुग्लिन सडक सडक पूर्णरुपमै बन्द छ ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका-४ काँडाबगरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यी सडकहरु अवरुद्ध रहेका छन् । दशैंमा घर फर्कने यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्