कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा १४ दिनपछि पक्राउ

काठमाडौं, ८ असोज । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारी का अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले १४ दिनपछि सानेपाबाट बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई नख्खु कारागार बुझाइएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले बताए ।

उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । सहकारी ठगीमा फरार भएका शर्मालाई सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेर ल्याएको थियो । उनीविरुद्ध २२ अर्ब भन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्