लगानीकर्ताले दशैँका लागि खर्च जोहो गर्दा बजारमा दवाव
काठमाडौं,८ असोज । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारकोबार दिन सकारात्मक भएर बन्द भएको नेप्से आज भने घटेर बन्द भएको हो ।
नेप्से परिसूचक २७.८९ अंक घटेर २६५४.३५ विन्दुमा झरेको छ । लगानीकर्ताहरुले दशैँ खर्च जोहो गर्न शेयर बिक्री गरेसँगै यस दिन बजार प्रभावित भएको हो । आजसम्म शेयर बिक्री गरेका लगानीकर्ताहरु दशैँ अघि पैसा प्राप्त गर्ने भएकोले यस दिन लगानीकर्ताहरु खर्च जोहो गर्नतर्फ लागेका हुन्।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १.७६ अंक घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेर बजार बन्ल भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ४७ हजार ८५२ पटकको कारोबारमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँबराबरको ९४ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल र हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३८ प्रतिशत घटेको छ ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम १३ करोड नाघेको छ ।















प्रतिक्रिया दिनुहोस्