राजधानीबाट बाहिरिने सवारीको चाप बढ्यो, राजमार्ग बेहाल

काठमाडौं,८ असोज । नेपालीहरुको महान चाड विजया दशमी नजिकिँदै गर्दा राजधानी बाहिरिने सवारी साधनको चापमा वृद्धि भएको छ । दशैँ मनाउन घर जानेहरुको संख्या बढेसंगै राजधानी बाहिरिने नाकाहरुबाट सवारी साधनको चाप पनि बढेको छ तर राजमार्गको स्थिती भने बेहाल छ ।

राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध हुँदा गन्तब्यमा पुग्न ठूलो समस्या परेको छ । मुख्य राजमार्गहरूमा सवारीसाधन अलपत्र पर्दा यातायातमा जोखिम पनि बढेको छ ।

थानकोट, जडिबुटी, बल्खु, ककनी लगायतका नाकामा सवारीको चाप दिनानुदिन बढ्दै गएको छ । असोज १ गतेदेखि नै दैनिक हजारौँ मानिसले राजधानी छाडेर दशैँ मनाउन गाउँघरमा जान थालेका छन् ।

नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा सवारीसँगै यात्रुहरुको पनि ठूलो भीडभाड लाग्ने गरेको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् ।

फूलपातीको दिनसम्म राजधानीबाट मानिसहरु बाहिरिने संख्यामा चाप हुनेछ । यातयात व्यवसायीहरुले दशैँका लागी अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । दशैँका लागि अग्रिम टिकट बुकिङ नहुँदा कतिपय यात्रुहरुले सास्ती समेत खेप्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्