शीतल निवास पुगिन प्रधानमन्त्री कार्की

काठमाडौं, ८ असोज । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी छन्। प्रधानमन्त्री कार्कीले शीतल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही, फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन लगायतको विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्